दफा ३०
संयुक्त स्वामित्वमा रहेको लगानी
कुनै व्यक्तिले अर्को व्यक्तिसँगको संयुक्त स्वामित्वमा रहेको लगानीबाट आर्जन गरेको आय गणना गर्ने प्रयोजनको लागि आय गणना गर्दा समावेश वा कट्टी गरिने रकमहरु संयुक्त स्वामित्व भएका व्यक्तिहरुको सो लगानीमा रहेको आ-आफ्नो हितको समानुपातिक आधारमा बाँडफाँट गर्नु पर्नेछ ।